मिशन

हाटबजार लिमिटेडको मिशन नेपालको पहिलो जनताको प्रत्यक्ष लगानीमा आधारित राष्ट्रिय स्तरको सुपरमार्केट स्थापना गर्नु हो। यसमार्फत देशका प्रत्येक जनतालाई किफायती मूल्यमा उच्च गुणस्तरका वस्तुहरू सहज उपलब्ध गराइनेछ। हाम्रो उद्देश्य केवल वस्तु बेच्ने मात्र नभई, देशको उत्पादन प्रणालीलाई सबल बनाउन स्थानीय कृषक, साना तथा मध्यम उद्योग, र घरेलु उत्पादनकर्ताहरुलाई प्रत्यक्ष बजार पहुँच उपलब्ध गराउनु हो।

हामी पाँच वर्षभित्र देशका सबै प्रमुख शहरहरूमा अत्याधुनिक शोरूमहरू स्थापना गर्नेछौँ। उपभोक्ताले हरेक वस्तुमा सुलभ मूल्य पाउनेछन्, गुणस्तरमा कुनै सम्झौता गरिने छैन, साथै रैथाने उत्पादनलाई प्राथमिकता दिइनेछ। यसरी हाटबजार लिमिटेडले नेपालमा उत्पादक र उपभोक्ता बीचको दूरी घटाउँदै आयातमा निर्भरता कम गर्नेछ र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेछ।

हाम्रो नारा “गाउँमा उत्पादन – शहरमा बजार” हो। यस अन्तर्गत कृषि उत्पादनमा रहेका ४–५ तहका विचौलियालाई अन्त्य गरी कृषकलाई उचित मूल्य र उपभोक्तालाई गुणस्तरीय वस्तु सुलभ मूल्यमा उपलब्ध गराइनेछ। यसले हरेक वर्गका उपभोक्तालाई समान अवसर प्रदान गर्नेछ। हाटबजार लिमिटेड पारदर्शिता, निष्पक्षता, र सामाजिक उत्तरदायित्वका मूल्यमा आधारित रही सञ्चालन हुनेछ।

कम्पनीले नुनदेखि सुनसम्म सबै प्रकारका स्वदेशी तथा आवश्यक विदेशी उत्पादन बिक्री गर्नेछ। ७७ जिल्लाबाट संस्थापक लगानीकर्ताको सहभागिताका कारण यसबाट प्राप्त लाभ तल्लो वर्गका कृषक, उद्यमी, र युवाहरूलाई पुग्नेछ। यसले युवालाई स्वरोजगार बन्न प्रोत्साहित गर्नेछ र स्वदेशमै बस्न प्रेरणा दिनेछ।

दृष्टि

हाटबजार लिमिटेड नेपालको पहिलो राष्ट्रव्यापी जनसहभागितामूलक खुद्रा सुपरमार्केट सञ्जालको रूपमा स्थापित हुन चाहन्छ, जसले देशका प्रत्येक वर्गका उपभोक्तालाई गुणस्तरीय, किफायती र पारदर्शी खरिद–बिक्रीको अवसर प्रदान गर्नेछ।

हाम्रो उद्देश्य देशका सबै प्रमुख शहरहरूमा एकीकृत खुद्रा बजार सञ्जाल विस्तार गर्नु हो — जहाँ स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा, र राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याइनेछ। यसमार्फत नेपाल आयात–निर्भर अर्थतन्त्रबाट उत्पादन–केन्द्रित अर्थतन्त्रतर्फ उन्मुख हुनेछ।

  • किसानका लागि: उचित मूल्य र बजारको सुनिश्चितता
  • उपभोक्ताका लागि: न्यायोचित मूल्य र गुणस्तरीय वस्तुको उपलब्धता
  • उद्यमीका लागि: बजारमा प्रत्यक्ष पहुँच
  • युवाका लागि: स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर

हाटबजारको दीर्घकालीन संकल्प छ — नेपाली लगानीमा निर्मित सुपरमार्केट सञ्जालमार्फत देशका प्रमुख शहरहरूमा गुणस्तरीय उत्पादन सुलभ मूल्यमा पुर्‍याउने, र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर र सुदृढ बनाउने।

उद्देश्य

  1. राष्ट्रियस्तरको खुद्रा सञ्जाल स्थापना गर्नु
    • पाँच वर्षभित्र देशका सबै प्रमुख शहरहरूमा हाटबजार सुपरमार्केटका शाखा स्थापना गर्ने।
  2. स्वदेशी उत्पादन प्रवर्द्धन र आयातमा निर्भरता घटाउने
    • स्वदेशी कृषि, खाद्य तथा उपभोक्ता उत्पादनलाई प्राथमिकता दिँदै आयातलाई न्यूनतम गर्ने।
  3. न्यायोचित मूल्य सुनिश्चित गर्नु
    • कृषक तथा उत्पादनकर्तालाई उचित मूल्य र बजारको सुरक्षा प्रदान गर्दै, ४–५ तहका अनावश्यक विचौलियालाई हटाउने।
  4. गुणस्तर र किफायती मूल्यमा वस्तु उपलब्ध गराउनु
    • उपभोक्तालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर र पारदर्शी मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने।
  5. स्थानीय उद्यमीलाई सशक्त पार्नु
    • साना तथा मध्यम उद्योग (SMEs) का उत्पादनलाई हाटबजार मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउने।
  6. रोजगारी र उद्यमशीलता सिर्जना गर्नु
    • देशभरका युवाहरूलाई रोजगारी तथा स्वरोजगारको अवसर प्रदान गर्ने।
  7. पारदर्शी र नैतिक व्यावसायिक सञ्चालन गर्नु
    • पारदर्शी व्यवस्थापन, निष्पक्ष व्यापार र सामाजिक उत्तरदायित्वका मूल्यमा आधारित सञ्चालन गर्ने।
  8. प्रविधिको उपयोगद्वारा कार्यक्षमता बढाउनु
    • अत्याधुनिक आपूर्ति शृङ्खला व्यवस्थापन (Supply Chain Management System) र डिजिटल प्लेटफर्मको प्रयोगमार्फत सेवा र वितरणमा गति ल्याउने।
  9. निर्यात सम्भावना विस्तार गर्नु
    • उत्कृष्ट स्वदेशी उत्पादनलाई विदेशी बजारमा निर्यात गर्न हाटबजार लाई निर्यात–द्वार (Export Gateway) का रूपमा विकास गर्ने ।
  10. समुदाय विकासमा योगदान पुर्‍याउनु
    • आम्दानीको एक हिस्सा ‘राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघ’ को सहकार्यमा ग्रामीण विकास, शिक्षा र कृषि प्रविधिमा पुनःनिवेश गर्ने।